Tuesday, April 6, 2010

आपुइ नि म .... :)....First snap of my life...:)


परिवर्तन


मनभित्र सजाई राख्छु आँखाको म नानी भन्थ्यौ,
सधै भरी संगै बस्छु मायाकी म खानी भन्थ्यौ !!

मेरो माया आज तिम्लाई किन यस्तो पासो भयो,
बिताउँदा ति दिनहरू सधैं मलाई रानी भन्थ्यौ !!

घाँस जाँदा, मेला जाँदा, जाँदा हवस पानी भर्न
कहिले नि नबिझाउने कति राम्रो बानी भन्थ्यौ !!

हरे दैव, किन आज मेरै वानी नपच्ने भो,
दुनियाँका नारीमध्ये मलाई नै ज्ञानी भन्थ्यौ !!

शर्त राखी रोज्नु परे मलाई र जिन्दगीलाई,
जीवननै त्याग्छु म त मर्छु तिम्लाई छानी भन्थ्यौ !!

Monday, April 5, 2010

सुजी !


क्षितिजपारी त्यो गाउँको बाटो भेटिएन !!
यो शहरमा खोजे आफ्नो माटो भेटिएन!!

बिहानीको झुल्कासँगै, झाँके यता उती,
आफन्तको झल्को दिने टाटो भेटिएन!!

नयाँ पिडा साह्रै दुख्ने, जाती पुराना नै,
छामी हेरेँ घाऊ उही खाटो भेटिएन !!

चस्स किन दुख्यो भनी मुटु छामी हेरे,
एउटा थियो तर अर्को पाटो भेटिएन !!

हेर्छु सधैं उही गल्ली ब्यथा उस्तै उस्तै,
डेरा सार्न खोजे अन्तै साटो भेटिएन ।


सुरेश + जितेन्द्र = सुजि को हलुवा हुनुपर्ने गजल पो निस्क्यो बाइ !

मेरा दुई ...



१)
अनायासै खुशी बोकी आयौ मेरो जिन्दगीमा,
चुहिएको छानो तिम्ले छायौ मेरो जिन्दगीमा,
म त मरेँ मरेकै थेँ तिम्रो खुशी भए पुग्छ,
अवसरवादी कसमहरु खायौ मेरो जिन्दगीमा ।।

२)
नजिक नआउ भन्छु प्रिये समाजको घात होला,
मन्दिर नधाउ भन्छु प्रिये कुजातको बात होला,
हाम्रा लागि सवै बैरी पिडा लुकाइ बाँच्नै पर्छ ,
गीत नगाउ भन्छु प्रिये बैंश चढ्या मात होला ।।

खडेरी.कम


छताछुल्ल पार्छौ माया, सम्हाल्न नै कष्ट प्रिये,
कैलेसम्म दिन्छौ माया, बनाइदेउ न प्रष्ट प्रिये ।।

नयाँ जोगी बनी तिम्ले, धेर् खरानी धस्या हो कि,
झसङ्ग पो भएँ माया, हुने हो कि नष्ट प्रिये ।।

जिन्दगीभर यसैगरी, मायामा नै रम्छु म त,
नझुक्याउ है नत्र म त, हुन्छु पथ-भ्रष्ट प्रिये।।

आरम्भ मै यो मायामा, के गर्नु र शंका साथी,
पिडा हुन्छ जिन्दगीभर, फाटे माया फस्ट प्रिये।।

मायाको यो मैदानमा, आउ साथी सँगै खेलौँ,
जूनी रहेसम्म गर्छु, यो मायामा ट्रस्ट प्रिये ।।

नेपाली शब्दको लास्टै खडेरी लाओ नि त अनी हान्देँ बङ्रेजिज :)

किन चाहियो र ...


सामिप्य नै प्यारो प्रीये, घाम किन चाहियो र,
मुस्कानले डाक मलाई, नाम किन चाहियो र ।
जून देख्दा आकासमा, सम्झनाले सताउँछ,
तिम्रा मीठो याद भए, काम किन चाहियो र ।
विश्वासलाई साक्षी राखी, खुल्ला पत्र देउ प्रिये,
दुनियाँलाई छारो हाल्न, खाम किन चाहियो र ।
हामी दुई नअट्ने रे, कस्तो स्वार्थी संसार यो,
आफन्त नै विरानो यो, ठाम किन चाहियो र।
दुनियाँ नै बैरी हुने, कस्तो माया साटिएछ,
ईर्ष्या मात्र मौलाउने, गाम किन चाहियो र ।

एउटा अर्को प्रयास :)


धर्ति छाडि आकाशको, जून किन खोज्छ्यौ तिमी,
मलाई छाडि पराइको, हुन किन खोज्छ्यौ तिमी ।।

आँखाभरी तिम्रै माया, मनमा पनि नियाल न,
मैलो मानि मेरो माया, धुन किन खोज्छ्यौ तिमी ।।

सधैं तिम्लाई खुशी दिन्छु, कष्ट सबै आफैँ पिउँला,
खुशी भन्दा नौलो अर्को, गुन किन खोज्छ्यौ तिमी ।।

के कमी भो मेरो माया, खुशी दिन चुकें कि त ?
साथै हिडौ भन्दा मैले, रून किन खोज्छ्यौ तिमी ।।

रम्नु पर्छ यथार्थमा, यो धर्ति नै घर हाम्रो,
आकाशका तारा मात्रै, छुन किन खोज्छ्यौ तिमी ।।

अर्को प्रयास...


इन्द्रकमल फूलसरी,मीठो वास्ना छर्दै आयौ,
रित्तो थियो मन्को झोली,मिठो माया भर्दै आयौ ।।

खुसी हो कि मात हो यो, आँफैलाई नै बिर्सिएछु,
मैले आँक्न नसकेको, प्रीतसागर तर्दै आयौ ।।

शून्य लाग्थ्यो हिजोसम्म, संसारमा एक्लै छु म,
मल्हम बनी आज तिमी ,पीडा सबै हर्दै आयौ ।।
लाग्थ्यो मलाई कहाली नै, एक्लो जीवन सोचिहेर्दा,

ढुक्क भएँ सँगै बाँच्ने, तिम्ले बाचा गर्दै आयौ ।।

कति सुन्दर सपनी झैँ, खुशी दियौ जिन्दगीको,
लाग्छ तिमी स्वर्गबाट, परीसरी झर्दै आयौ ।।

यस्तै छ हौ माइला...


मरिच चाउर्यो उस्कै रागले, तिमी आफ्नै मातले माइला,
भित्रभित्रै जलन होला, तिम्रा आफ्नै घातले माइला ।।

हाम्लाई तिम्ले खेलायौ नि, बिरालाले मुसा सरी,
आज भित्र पोल्दो होला, पुर्ख्यौली त्यो जातले माइला ।।

राजै मात्रै हुनु पर्ने, खोज्यौ तिम्ले रजाइँ गर्न,
सहेन हौ तिम्लाई हाम्रो, करले ख्वाको भातले माइला ।।

रहर होइन हाम्रो पनि, वाध्य पार्यौ तुच्छ बोल्न,
आज तिम्लाई पोल्दो होला, हाम्रा यिनै बातले माइला ।।

ठान्दो हौला जनताले, धपाइदिए जङलतिर,
लखेट्या हो तिम्लाई आफ्नै, दशा साडे सातले माइला ।। ...जय होस् !

कुर्कुरे लप

छि: बाइ कस्ति छिल्लिएकी, जोरिपारी हेर्दै गर,
दुनियाँको आँखा छली, अँगालोमा बेर्दै गर ।।

मनभरी माया तिम्रो, मुटुभरी तिमी नै छ्यौ,
धेरै जिद्दी नगर हौ, मेरा कुरा टेर्दै गर ।।

तिम्रा लागि मेरो मनको, दैलो सधैं खुल्ला नै छ,
त्यो मायाले यो मनको, ढोका तिमी घेर्दै गर ।।

म त उसै लठ्ठ छु हौ, तिम्रो बाहेक छैन याद,
कस्तो होला भोली हाम्रो, जीवन रेखा कोर्दै गर ।।

एउटा शेर फुरेन ...जस्को शक्ती उस्को भक्ती :)

कान्छी मोरी


जता धन उतै मन, के ढल्केकी कान्छी मोरी,
जुठो हो कि चोखो मन, के सल्केकी कान्छी मोरी ।।

जेठिलाई चुरा पोते, किन्दै टुपी बिक्न लाग्यो,
फेरी तिमी लाली धसी, के झल्केकी कान्छी मोरी ।।

जेठि पनि मापाकी छ, जगल्ट्याउली कपाल तिम्रा,
राखी बन्चरोमा खुट्टा, के पल्केकी कान्छी मोरी ।।

कन्ने केटो पाउँछु भन्ने, ज्ञान हुँदाहुँदै पनि,
भरिएको मनतिर, के छल्केकी कान्छी मोरी ।।

ज्योति मेरी जेठि परी, आँखा उस्कै पछी लाग्छ,
पोल्ने थाहा भएपनी, के टल्केकी कान्छी मोरी ।।

निम्तो

गएको  चैत १८ गते घन्टौंदेखि पर्खंदै थिएँ माइक्रो, एक्कासी ऊ मेरा अगाडी झुल्क्यो ! ट्राफिक जाम पनि त्यही बेला हुनुपर्ने, अलि अगाडि बसल...