दाईजो उन्लाई आफ्नो मन छोडी आएछु,
एकोहोरो माया उतै जोडी आएछु ।।
रहर नै नभएको हैन साथ जीवन जीउने,
मनको तृष्णा साथै रम्ने, साथै बरु आँशु पिउने,
नमौलाउने फूलको बेर्ना गोडी आएछु,
लर्बरिएका यिनै पाइला मोडी आएछु ।।
भारी भयो मनको वह सकिएन बिसाउन,
सकिएन बिर्सिनलाई अनी खुशी मिसाउन,
जिन्दगीका सपना सबै तोडी आएछु,
कल्पनाको सिसमहल फोडी आएछु ।।
दाईजो उन्लाई आफ्नो मन छोडी आएछु,
एकोहोरो माया उतै जोडी आएछु ।।
(आज पहिलो प्रयास गरेको गीत लेख्ने । भयो या भएन ? छात्तिमा हात राखेर कमेन्ट गर्दिनुस् है...फुर्सद भए !)