Tuesday, January 12, 2010

गजल्याङ्रो (By Jitu, Dinesh and Me अनी अरु साथीको सल्लाह पनि मिस्या छ )

मेरा लागि तिम्रो माया जीवन थुन्ने चुकुल सरि,
तिम्रा लागि मेरो माया थकाई मार्ने सुकुल सरि !!!
किन्या थिएँ रातो घुम्टो बेहुली हुंदा सजाउनलाई ,
मिल्काइदियौ सम्झी त्यस्लाई मच्छड छेक्ने झुल सरि !!
(तर बिचार गरिनौ बालिके ...झूल पनि बेला बेलामा चाहिन्छ भनेर )
सम्झ्यौ हौली आफूलाई एक्ली यौटी परी भन्ने,
छट्पटिन्छ मेरा विना केटो काका कुल सरि !!!
(खुट्टा भए जुत्ता कत्ती कत्ती?? भन्ने पनि थाहा छ क्या यो केटोलाई )
तिम्रै चिन्ता तिम्रै टण्टो हुन्थ्यो मुयाँ सधैंभरी,
तर्किगयौ मलाई छाडि पानीको त्यो मुल सरि !!!

मनभित्र जोगाइराखेँ था थिएन चक्चक गर्छ्यौ,
मुटु मात्रै के च्यात्थ्यौ र च्यात्यौ गन्जी आमुल सरि !!!
पिडा कम हुन्छ भनी घाँटी सेक्थ्यौ यै मायाले,
आज माया पिच्च थुक्यौ मन्जन त्यो बबुल सरि !!
मेरो माया उनान्सय तिम्रो हुन्थ्यो सय सँधै,
लुटि लग्यौ आज सबै साउले गर्या असुल सरि !!!
(के भन्नु र् खोइ ? तिमी हाँस होउ मै बसुँला रोइ )

जग्गेबाटै भगाउँ भनी तिम्रो बिहेमा गाथेँ राती,
बाउँटो रैछ जेठान मोरो झुण्ड्यायो मलाई तुलसरी !!!
आफ्नो माया अन्मोल रे हाम्रो झारपात अरे,
मिल्काइदियौ रछ्यानमा मेरो माया फजुल सरि !!!
(ल ठीक छ मुइयाँ, रक्षानको फोहोर पनि कम्पोश्ट मल बन्छ भन्ने कुरो तिम्लाई के थाहा? बाले गर्या होस् न बराजुले गर्या होस् खेती )
पाको मायाँ राखेँ मैले जतन गरी मनभित्र,
थुकिदियौ तिमीले त्यो दाँत माझ्ने गुल सरि !!
(गुलले दाँत माझ्दा दाँत बलियो र मजबुत हुन्छ भन्ने पनि थाहा छ भने किन यस्ती अबुझ भकी मोरी ?)

ए ! हजुर म अपाङ्ग छु


ए ! हजुर म अपाङ्ग छु
अरु को देखाइमा सपाङ्ग भएपनि
म दृष्टि बिहिन छु ।
किन भने म अरुको कर्म, कुकर्म देख्न सत्तिन
गरिब र धनि छुटयाउन सक्तिन
अनि
यो बदलिदो विश्वलाई नै मैले देख्न सकिन
सबै भन्छन् अब एक्काइसौं शताद्धी लाग्यो रे ।
विश्वले ठूलो प्रगति गरि सक्यो रे ।
तर!
तर खै? मैले आफ्नै देश को प्रगति देख्न सकेको छैन ।
हाम्रो मुलुक मा पनि लोकतन्त्र आयो रे
मैले त्यो लोकतन्त्र देख्न सकेको छैन
प्रगति देख्न सकेको छैन
त्यस्को प्रतिफल भोग्न सकेको छैन हो !
त्यसैले म भन्छु म अन्धो छु ।
म बहिरो छु
किन भने मैले कसैको क्रन्दन सुन्न सकेको छैन
आफनै देशमा भएको
भौतिक विनाश वारुद र बम गोलाका आवाज
मैले सुन्न सकेको छैन
त्यसैले प्रतिकार वा स्वीकार गर्न सकेको छैन
म वाणी हिन छु
मेरो जिब्रो क्यान्सर ले नष्ट छ
म अन्यायको विरोध गर्न सक्तिन
राज दरबार भित्र ठूलो हत्याकाण्ड भयो रे
तर मैले ! कस्ले र किन भनेर सोध्न सकिन
मेरा ! हातका औला अपाङ्ख भए
त्यसैले हो
त्यसैले मैले देशको प्रगतिको पक्षमा कलम चलाउन सकिन
अन्यायको विरोधमा औला ठडयाउन सकिन
त्यत्ति मात्र हैन
मेरो विवेक भण्डार मा धमिरा लागेको छ
त्यसैले ज्यान सबैको उस्तै हो भन्न सकिन
हो म अपाङ्ख छु,
लाटो छु, अन्धो छु,
अनि कानो छु !!

गजल



माया गर्छु तिम्लाई भन्दा उल्टै आज बात् लाग्यो,
माया धेरै भयो शायद तिमिलाई मात लाग्यो !!

पवित्र त्यो प्रेम भन्दै कल्पनामा डुबिरहेँ,
त्यही प्रेममा आज फेरी कलंकको जात लाग्यो !!

सपना ति जिन्दगीका ठुला ठुला सजाएथेँ,
हिसाब गर्दै जाँदा तर आज सुन्य हात लाग्यो !!

बिर्सि जाउँ भनेपनि अतितले पोलिरन्छ,
सिरानीमा अगुल्टो झैँ तिम्रा पत्र खात लाग्यो !!

यति सारो पोल्ने माया मान्छे किन लाउँदा रैछन्,
अमूल्य यो सोच्ने जीवन आज मलाई घात् लाग्यो !


Dear All,Please comment...:)

Monday, January 11, 2010

कैलेसम्म ए नेता हो जनताको भार बन्छौ,





कैलेसम्म ए नेता हो जनताको भार बन्छौ,
तिम्ले चुनाव जितेपनि जनताको हार बन्छौ !!

चुनावअघि गर्छु भनी पाखुरा त्यो सुर्की हिड्यौ,
कैलेसम्म खुशी लुट्ने जनताको जार बन्छौ !!

कैलेसम्म ए नेता हो जनताको भार बन्छौ...

गोरु मेरो बार्है टक्का पौँठाजोरी खेली हिड्छौ,

मिलिजुली तिमी कैले दुई दुई चार बन्छौ !!


कैलेसम्म ए नेता हो जनताको भार बन्छौ...

भयो पुग्यो आतंकले किल्किले नै ढाकिसक्यो,
भलो गरी कैले तिमी मान्छे भाको सार बन्छौ !!
कैलेसम्म ए नेता हो जनताको भार बन्छौ...

आओ अब जुट नेता मान्ने गर लाज पनि,
सहकार्य गर्न कैले मौरीको त्यो घार बन्छौ !!
कैलेसम्म ए नेता हो जनताको भार बन्छौ...

कस्तो माया गरिएछ कहिल्यै धुन सकिएन.....



कस्तो माया गरिएछ कहिल्यै धुन सकिएन,
लाखौं कोशिस गरेपनि उसको हुन सकिएन !!


सुम्प्याथिएँ सारा ख़ुशी किन कुन्नि घात भयो,
धेरै रहर गरें तर मन छुन सकिएन !!


मनको दैलो उघारेर बर्षौं कुरें तिम्रै खातिर,
कहिले पनि तिम्रा लागि लाउन गुन सकिएन!!


पीर - ब्यथा भुलाएर खोज्थेँ सधैं राख्न खुशी,
मात्रै बाँकी त्यही रह्यो छ्वाउन जून सकिएन !!


कस्तो खोटो माया रै'छ पीडादायी जीवन बन्यो,
धक् खोलेर कहिल्यै पनि एक्लै रून सकिएन !!!!

गजल ...सामिप्य नै प्यारो प्रीये, घाम किन चाहियो र

सामिप्य नै प्यारो प्रीये, घाम किन चाहियो र,
मुस्कानले डाक मलाई, नाम किन चाहियो र ।

जून देख्दा आकासमा, सम्झनाले सताउँछ,
तिम्रा मीठो याद भए, काम किन चाहियो र ।

विश्वासलाई साक्षी राखी, खुल्ला पत्र देउ प्रिये,
दुनियाँलाई छारो हाल्न, खाम किन चाहियो र ।

हामी दुई नअट्ने रे, कस्तो स्वार्थी संसार यो,
आफन्त नै विरानो यो, ठाम किन चाहियो र।

दुनियाँ नै बैरी हुने, कस्तो माया साटिएछ,
ईर्ष्या मात्र मौलाउने, गाम किन चाहियो र ।




(जितु, सबिन अनी कथितजीलाई विशेष धन्यवाद !!!)

निम्तो

गएको  चैत १८ गते घन्टौंदेखि पर्खंदै थिएँ माइक्रो, एक्कासी ऊ मेरा अगाडी झुल्क्यो ! ट्राफिक जाम पनि त्यही बेला हुनुपर्ने, अलि अगाडि बसल...