Monday, January 11, 2010

गजल ...सामिप्य नै प्यारो प्रीये, घाम किन चाहियो र

सामिप्य नै प्यारो प्रीये, घाम किन चाहियो र,
मुस्कानले डाक मलाई, नाम किन चाहियो र ।

जून देख्दा आकासमा, सम्झनाले सताउँछ,
तिम्रा मीठो याद भए, काम किन चाहियो र ।

विश्वासलाई साक्षी राखी, खुल्ला पत्र देउ प्रिये,
दुनियाँलाई छारो हाल्न, खाम किन चाहियो र ।

हामी दुई नअट्ने रे, कस्तो स्वार्थी संसार यो,
आफन्त नै विरानो यो, ठाम किन चाहियो र।

दुनियाँ नै बैरी हुने, कस्तो माया साटिएछ,
ईर्ष्या मात्र मौलाउने, गाम किन चाहियो र ।




(जितु, सबिन अनी कथितजीलाई विशेष धन्यवाद !!!)

No comments:

Post a Comment

निम्तो

गएको  चैत १८ गते घन्टौंदेखि पर्खंदै थिएँ माइक्रो, एक्कासी ऊ मेरा अगाडी झुल्क्यो ! ट्राफिक जाम पनि त्यही बेला हुनुपर्ने, अलि अगाडि बसल...