Tuesday, January 12, 2010

ए ! हजुर म अपाङ्ग छु


ए ! हजुर म अपाङ्ग छु
अरु को देखाइमा सपाङ्ग भएपनि
म दृष्टि बिहिन छु ।
किन भने म अरुको कर्म, कुकर्म देख्न सत्तिन
गरिब र धनि छुटयाउन सक्तिन
अनि
यो बदलिदो विश्वलाई नै मैले देख्न सकिन
सबै भन्छन् अब एक्काइसौं शताद्धी लाग्यो रे ।
विश्वले ठूलो प्रगति गरि सक्यो रे ।
तर!
तर खै? मैले आफ्नै देश को प्रगति देख्न सकेको छैन ।
हाम्रो मुलुक मा पनि लोकतन्त्र आयो रे
मैले त्यो लोकतन्त्र देख्न सकेको छैन
प्रगति देख्न सकेको छैन
त्यस्को प्रतिफल भोग्न सकेको छैन हो !
त्यसैले म भन्छु म अन्धो छु ।
म बहिरो छु
किन भने मैले कसैको क्रन्दन सुन्न सकेको छैन
आफनै देशमा भएको
भौतिक विनाश वारुद र बम गोलाका आवाज
मैले सुन्न सकेको छैन
त्यसैले प्रतिकार वा स्वीकार गर्न सकेको छैन
म वाणी हिन छु
मेरो जिब्रो क्यान्सर ले नष्ट छ
म अन्यायको विरोध गर्न सक्तिन
राज दरबार भित्र ठूलो हत्याकाण्ड भयो रे
तर मैले ! कस्ले र किन भनेर सोध्न सकिन
मेरा ! हातका औला अपाङ्ख भए
त्यसैले हो
त्यसैले मैले देशको प्रगतिको पक्षमा कलम चलाउन सकिन
अन्यायको विरोधमा औला ठडयाउन सकिन
त्यत्ति मात्र हैन
मेरो विवेक भण्डार मा धमिरा लागेको छ
त्यसैले ज्यान सबैको उस्तै हो भन्न सकिन
हो म अपाङ्ख छु,
लाटो छु, अन्धो छु,
अनि कानो छु !!

No comments:

Post a Comment

निम्तो

गएको  चैत १८ गते घन्टौंदेखि पर्खंदै थिएँ माइक्रो, एक्कासी ऊ मेरा अगाडी झुल्क्यो ! ट्राफिक जाम पनि त्यही बेला हुनुपर्ने, अलि अगाडि बसल...